२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ मा गठबन्धनको सरकार निर्माण हुन्छ : मन्त्री कार्की

अ+ अ-

इनरुवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नं १ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपलिका-८ वडाको प्रशासनिक तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले सहमतिअनुससार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताए । गठबन्धनको संस्कृति र गठबन्धनलाई मजबुद बनाउनु अहिलेको आवश्यकता भएकाले राईकै नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने मन्त्री कार्कीले दाबी गरे ।प्रदेशमा कुनै दलको सदस्य सङ्ख्या कमबेसी भए पनि जसरी केन्द्रमा संयुक्त गठबन्धनको सरकार निर्माण भएको छ त्यसरी नै प्रदेशमा पनि संयुक्त सरकार बन्ने मन्त्री कार्कीले दाबी गरे।

अहिले केन्द्रमा भएको गठबन्धनको सरकारलाई मजबुद बनाउन केन्द्रका शीर्ष नेताबीच छलफल गरेर भएको निर्णयलाई पालन गर्नुको विकल्प आफूहरूसमक्ष नभएको मन्त्री कार्कीले बताए । केन्द्रमा भएको निर्णयका विषयमा हामीले एउटा उपयुक्त ठाउँमा छलफल गर्ने बताउँदै त्यसलाई अवज्ञा गर्ने अधिकार कसैलाई नभएकोसमेत उल्लेख गरे ।

फरक प्रसङ्गमा मन्त्री कार्कीले वर्तमान सरकारले देशलाई दिगो विकासतर्फ अग्रसर गर्नका लागि क्रियाशील रहेको बताए । मुलुकमा स्थिरता कायम गर्दै जनताको जीवनरक्षा गरेर देशलाई दिगो विकासतर्फ अग्रसर गराउनु अहिलेको सरकार हरपल प्रयासरत रहेको उनले दाबी गरे ।

विगतका सरकारले साढे तीन वर्षमा केवल शक्ति आफ्नो हातमा केन्द्रित गर्ने, जनतालाई गफ बाँड्नेबाहेक केही नगरेको उल्लेख गर्दै मन्त्री कार्कीले सरकारले लोकतन्त्रको रक्षा, पद्धतिको सुदृढीकरण, कानूनी शासनको प्रत्याभूति गर्दै सुशासनलाई केन्द्रमा राखेर जनतालाई सेवा र सुविधा प्रदान गर्ने बताए ।

सरकारको पहिलो प्राथमिकता खोप भएकाले वैशाखभित्रमा खोप लगाउन योग्य नागरिकले खोप लगाइसक्ने मन्त्री कार्कीले बताए । कोभिडको आतङ्कबाट विस्तारै हामीले मुक्ति पाइरहेको बताउँदै वर्तमान सरकारले जनताको जीवनरक्षा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा केन्द्रीय भूमि आयोगका अध्यक्ष केशव निरौला, सङ्घीय संसद् तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, प्रदेश १ का सांसद ताहिर अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नन्दन दत्त, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रम इनरुवा–८ का वडाध्यक्ष रवीन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।