प्रधानमन्त्रीसँग कुनै असमझदारी छैन : गृहमन्त्री खाँण « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीसँग कुनै असमझदारी छैन : गृहमन्त्री खाँण


१३ कार्तिक २०७८, शनिबार



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नभएको बताएका छन् ।

काठमाडौँका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए । आफूले प्रधानमन्त्रीसँग परामर्श गरेर नै काम गरिहेकोे समेत उनले बताएका छन् ।

उक्त विषयमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले प्रधानमन्त्रीसँग आफ्नो कुनै असमझदारी नरहेको स्पष्टीकरण दिएका हुन् ।

खाँणले प्रहरीमा एआईजीको बरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस