Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली


१३ कार्तिक २०७८, शनिबार



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन,’ ओलीले भने, ‘कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेले प्रतिस्पर्धा गर्न सक्दैन ।’ उनले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्न बताए ।

उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए । सो कार्यक्रममा उनले एमालेलाई समाप्त गर्न नसक्ने भन्दै नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिएका थिए । ‘राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर आएको पार्टी हो,’ ओलीले भने, ‘बुढेसकालमा चुप लागेर घर बस्नु के-के बोल्दै हिँडेका छन् । ‘

Tags :
प्रतिक्रिया दिनुहोस