५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति


१३ कार्तिक २०७८, शनिबार


काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि विभागले पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको छ ।

शुक्रबार खाद्य तथा औषधि विभागले उक्त उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको हो ।

योसँगै अमेरिकामा फाइजर र बायोइन्टेकका कोरोना खोप साना बालबालिकालाई लगाइने पहिलो खोप बनेका छन् ।

मंगलबार खाद्य तथा औषधि विभाग (एफडिए) का विज्ञले फाइजर र बायोइन्टेक खोप लगाउन सिफारिस गरेपछि ५ देखि ११ वर्षका बालबालिकामा प्रयोगको अनुमति दिइएको हो । पछिल्लो निर्णयसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिकाका लागि खोप उपलब्ध हुने अपेक्षा गरिएको छ ।

साना बालबालिकालाई १० माइक्रोग्राम फाइजर खोप लगाइने छ । उक्त मात्रा यसअघि १२ वा सोभन्दा बढी उमेरका बालबालिकालाई ३० माइक्रोग्राम खोप दिन गरिएको सिफारिसभन्दा निकै कम हो ।

चीन, युएई र क्युबासहितका थोरै मुलुकले मात्रै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाउने अनुमति दिएका छन् ।

कम मात्राको डोजले बिरलै देखिने केही साइड इफेक्ट न्यूनीकरण गर्ने एफडिएका विज्ञले बताएका थिए । बैठकमा विज्ञहरूले विशेषगरी कम उमेरका मानिसले फाइजररबायोइन्टेक र मोर्डना खोप लगाएपछि देखिने मुटु पोल्ने समस्यामाथि व्यापक चर्चा गरेका थिए ।

शुक्रबार एफडिएले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा फाइजर खोप लगाउँदा जोखिमभन्दा फाइदा बढी हुने समेत बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस