उज्वेकिस्तानमा मिर्जीयोयेभ पुनः राष्ट्रपति निर्वाचित « प्रशासन
Logo ३० जेष्ठ २०८१, बुधबार
   

उज्वेकिस्तानमा मिर्जीयोयेभ पुनः राष्ट्रपति निर्वाचित


१२ कार्तिक २०७८, शुक्रबार


ट्यासकेन्ट । उज्वेकिस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभ नै पुनः निर्वाचित भएका छन् ।

निर्वाचनमा खसेको कूल मतमध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उज्वेकिस्तानमा निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि गत आइतवार मतदान गराएको थियो । मतगणनाको अन्तिम परिणाम भने शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

कोरोनाभाइरसको महामारीबीचमा पनि उज्वेकिस्तानमा निर्वाचन आयोगले निर्वाचन गराएको भन्दै प्रशंसा भएको छ ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएका मिर्जीयोयेभले उज्वेकिस्तान लिवरल डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् ।

उनले निर्वाचनका बेला धेरै औद्योगिक परियोजनाहरु सुरु गर्ने प्रतिवद्धता मतदाता समक्ष गरेका थिए ।

त्यसैगरी उनले रोजगारी सृजना गर्ने, देशवासीको जीवनशैली उकास्नेलगायतका प्रतिवद्धता पनि उनले व्यक्त गरेका थिए ।

उनी यसअघि सन् २००३ देखि २०१६ सम्ममा उज्वेकिस्तानको प्रधानमन्त्री भएका थिए भने सन् २०१६ देखि राष्ट्रपतिको जिम्मेवारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस