Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कार्यवाहक प्रधानमन्त्री खाँणलाई बहिर्गमित जनमुक्ति सेनाको ज्ञापनपत्र


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा उक्त सङ्गठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले बर्हिगमित जनमुक्ति सेना नेपालले उठाएका माग सम्बोधन गर्न कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै उनले अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने आश्वासन दिएका छन् । सङ्गठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकाले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए।

वृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणिकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा परेका थिए । ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपाङ्गको बर्गिकरण गरी प्ररिचयपत्र प्रदान गर्नुपर्ने सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितलाई निःसर्त रिहा र आममाफीलगायत माग राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस