एमालेको केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेको केन्द्रीय कमिटी बैठक सुरु


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

हिजो (बिहीबार) बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुङ्गो लगाएको थियो ।

आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस