वैदेशिक रोजगार सुरक्षित बनाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार सुरक्षित बनाइने


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रममन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उक्त जानकारी दिएका हुन् ।

श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा युएईका श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो । नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको युएईमा साढे दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस