२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दै छ ।

पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजो (बिहीबार) को स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

हिजोको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ । स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेस गरिने छ ।

सचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने छन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने प्रवक्ता ज्ञवालीले बताए ।

उनका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा थोरै प्रतिनिधि सहभागी गराउने निर्णय गरेको एमालेले गत राष्ट्रिय विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधिलाई सहभागी गराएको थियो ।