अवकाश पाएको साता नबित्दै बिच्छाले पाए प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवकाश पाएको साता नबित्दै बिच्छाले पाए प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्ति


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकबाट अनिवार्य अवकाश लिएका वरिष्ठ बाल रोग विशेषज्ञ डा. आरपी बिच्छा प्रधानमन्त्री शेरबहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. बिच्छालाई प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

७ कात्तिकमा ६० बर्षे उमेर हदका कारण विभागको निमित्त महानिर्देशक पदबाट अनिवार्य अवकाश भएका उनलाई सरकारले दुई वर्षको लागि विज्ञको रूपमा पदावधि थप्ने निर्णयसमेत गरेको थियो ।

पछिल्लो समय कर्मचारीहरूले पार्टी र सरकार सञ्चालन गर्नेहरुसँगको सम्बन्धका आधारमा सरकारी सेवाबाट अवकाश हुन नपाउँदै अर्को लाभको पद कुम्ल्याउँदै आएका छन् । सरकारी सेवाबाट अवकाश लिएका र दुई वर्षसम्म कुलिङ पिरियडको कुरा बेला बेलामा उठ्ने गरिए पनि सुधारको सुरुवात आफू होइन, आफूपछिकाले गर्ने भन्दै सबै पन्छिँदै आएसँगै कतिपय कर्मचारी हातो हात त कतिपय केही दिन तथा महिनामै अर्को नियुक्ति लिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस