सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आज(बिहीबार) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय निरु दाहाल पाण्डे, दीपक खराल र डा. रेवतीरमण पौडेलको नाम सिफारिस गरेको हो ।

सम्बन्धित समाचार : कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस

कृषि सचिव डा. कृष्ण प्रसाद आचार्य गत सोमबार अनिवार्य अवकाश गएसँगै सचिव पद रिक्त रहेको थियो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जना मध्ये उपयुक्त लागेका एकलाई सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस