आम निर्वाचनमा गठबन्धन हुँदैन : कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आम निर्वाचनमा गठबन्धन हुँदैन : कोइराला


११ कार्तिक २०७८, बिहिबार


चितवन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली काँग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन । काँग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।’ काँग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले काँग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन ।
उनले भनिन, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन ।

राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् ।
काँग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस