२४ घण्टामा ५९१ जनामा संक्रमण, ६६४ जना संक्रमणमुक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा ५९१ जनामा संक्रमण, ६६४ जना संक्रमणमुक्त


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस