भारतले परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण गर्‍यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतले परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण गर्‍यो


११ कार्तिक २०७८, बिहिबार


नयाँ दिल्ली । भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ ।

भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण करिब ५ हजार किलोमिटरसम्म पुगेको बताइएको छ । चीनसँगको कुटनैतिक प्रतिस्पर्धा र आफ्नो रक्षाको लागि भारतले सन् १९९० देखि लामो र मध्यम दुरीको परमाणु र क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको बताइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस