१८ दिनका लागि स्थगित प्रतिनिधिसभा बैठक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

१८ दिनका लागि स्थगित प्रतिनिधिसभा बैठक


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।

सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस