छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते


११ कार्तिक २०७८, बिहिबार


दमक । झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मृत्यु भएको हो ।

गए राति भएको सो दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसै गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकमा मे ७ प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी–७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस