सर्वोच्चमा आज कुनै पनि सुनुवाइ नहुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चमा आज कुनै पनि सुनुवाइ नहुने


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतमा आज (बिहीबार) कुनै पनि सुनुवाइ नहुने भएको छ ।

पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो ।

रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा मुद्दाको पेसी तोकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस