बढ्यो सुनको मूल्य, चाँदीको स्थिर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला रु एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ ।

चाँदी बुधबार प्रतितोला रु एक हजार २५०मा नै कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस