मन्त्री रामकुमारी झाँक्री अस्वस्थ, अस्पताल भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री रामकुमारी झाँक्री अस्वस्थ, अस्पताल भर्ना


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् ।

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन् ।

हिजो (बुधबार) राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस