२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यादी आयोजनाले आगामी पुसबाट विद्युत् उत्पादन थाल्ने

अ+ अ-

काठमाडौँ। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाले आगामी पुस महिनाबाट विद्युत् उत्पादन थाल्ने भएको छ ।

मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुले बीचमा बग्ने ङादी खोलामा निर्माणाधीन आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सकिएको र पुस महिनाबाट विद्युत् उत्पादन गर्ने तयारी भएको जनाएको छ ।

आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाका आयोजनाको एक प्रतिशत काम मात्र बाँकी रहेको छ । कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यवसायीक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय आगामी जनवरीबाट उत्पादन थालिने तालिका छ ।

पछिल्लो समय नोभेम्बरबाट उत्पादन थालिने तालिका रहे पनि प्रसारण लाइनको काम नसकिएकाले डिसेम्बरको अन्तिम वा जनवरीको पहिलो साताबाट उत्पादन सुरु गर्ने तालिका रहेको प्रशासकीय अधिकृत गड्तौलाले बताए ।

आयोजनाको पावर हाउस, ड्याम साइड, हेडवक्र्सको पानीको बहाव, गेटलगायतको आन्तरिक परीक्षण भइरहेको छ । यसको परीक्षण सफल भएको प्रमाणित गर्नका लागि विज्ञ आउनुपर्ने हुन्छ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आएको विज्ञले परीक्षण सफल भएको प्रमाणित गरेपछि मात्र परीक्षण प्रसारण सुरु गरिने छ ।

आन्तरिक परीक्षणको काम अन्तिम चरणमा पुगेकाले परीक्षण प्रसारणका लागि विज्ञ टिमलाई बोलाउने तयारी भइरहेको र उनीहरु आएपछि तुरुन्त परीक्षण हुने गड्तौलाले बताए । आयोजनाले १० किलोमिटरको १३२ केभी विद्युत् प्रसारण लाइनको काम पनि गरिरहेको छ । करिब ६५ प्रतिशत काम सकिएको जनाएको छ ।

पावर हाउस रहेको ठुलीबेंसीबाट मर्स्याङ्दी नदीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजना क्षेत्रसम्म २५ वटा टावर राखिनेछ । हालसम्म १६ वटा टावरमा तार तान्ने काम सकिएको छ । ९ वटा टावर निर्माण भए पनि तार तान्ने काम बाँकी छ ।

एक/डेढ महिनामा प्रसारण लाइनको काम सकिने र आन्तरिक परीक्षण पनि करिब दुई महिनामा सकिएपछि परीक्षण उत्पादन परीक्षण हुने छ । सुरुवातमा २०२१ को जुलाईमा आयोजना सम्पन्न गराउने लक्ष्य रहे पनि त्यसपछि तीन महिना सरेको थियो । त्यसपछि नोभेम्बरसम्म भनिएको थियो । विभिन्न कारण केही ढिला भएको हो ।

आयोजनाको मिति सर्दै जाँदा केही प्रतिशत लागत बढ्ने देखिएको छ । प्रसारण लाइनको केही खर्च बढी लाग्ने भएकाले आयोजनाको लागत बढ्ने सम्भावना रहेको गड्तौलाले बताए ।

आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेशन कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । उनीहरुकै अगुवाइ र सुपर भिजनमा नेपाली कामदारले काम गरिरहेको छ ।

बुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करिब चार अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन भए पनि आयोजना निर्माण सक्दासम्म लागत बढ्ने देखिएको छ ।

आयोजनामा एभरेस्ट बैङ्कको नेतृत्वमा नविल बैङ्क, ग्लोबल आइएमई बैङ्क, हिमालयन बैङ्क, सनराइज बैङ्क र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।

२०७३ चैत्र ३० बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलिबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तिरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिने छ ।

आयोजनामा दुई वटा पेलटन टर्बाइन रहने छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ मेगावाट आवर विद्युत् उत्पादन हुने छ ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपियाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपियाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस