लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै


११ कार्तिक २०७८, बिहिबार


बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज (बिहीबार) बस्दै छ । प्रमुख विपक्षी दल नेकपा (एमाले) को विरोधकै बिच बैठक दिउँसो एक बजे बोलाइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने छन् ।

यस्तै वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

प्रमुख विपक्षी दल एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने आफ्ना माग सम्बोधन नभएकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताएका छन् ।

एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौँ अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस