महाकाली नदीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महाकाली नदीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता


११ कार्तिक २०७८, बिहिबार


बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा हिजो (बुधबार) साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजी कार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस