चुनावमा अरू पार्टीसँग गठबन्धन गर्छौँ : अध्यक्ष नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चुनावमा अरू पार्टीसँग गठबन्धन गर्छौँ : अध्यक्ष नेपाल


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताए ।

तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए। आज (बिहीबार) धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन्।

उनले बागमतीमा आज पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने पनि बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस