पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा चार प्रहरीको मृत्यु, २६३ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा चार प्रहरीको मृत्यु, २६३ जना घाइते


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा चार सुरक्षाकर्मी मारिएका हुन् ।

घटनामा २६३ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीको र्‍याली सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेपछि सो झडप भएको बताइएको छ ।

सो र्‍यालीले राजधानी इस्लामवादतर्फ जान थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेको पन्जाब प्रहरीले जनाएको छ ।

आफ्ना नेता साद रिजबीलाई सुरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा सो पार्टीले केही दिनदेखि लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।

सुरक्षाकर्मीले रिजबीलाई गत अप्रिलमा नियन्त्रणमा लिएको थियो । पैगम्ब मुहम्मदको काटुर्न फ्रान्सको एक अखवारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो ।

यसअघि रिजवीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको मृत्यु भएको बताएका थिए ।

तर प्रहरीले भने प्रदर्शनकारीको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस