एमाले पालिका अधिवेशन : भक्तपुरको बन्द सत्र लम्बियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले पालिका अधिवेशन : भक्तपुरको बन्द सत्र लम्बियो


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्य विनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ ।

एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए ।

चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् ।

केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ ।

एमालेको नयाँ विधान अनुसार नगर कमिटी ७५ सदस्यीय हुने छ । जसमा पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उप सचिव चयन हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस