नाइजेरियाको मस्जिदमा बन्दुकधारी समूहबाट आक्रमण हुँदा डेढ दर्जनको मृत्यु, दर्जनौँ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नाइजेरियाको मस्जिदमा बन्दुकधारी समूहबाट आक्रमण हुँदा डेढ दर्जनको मृत्यु, दर्जनौँ घाइते


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियाको एक मस्जिदमा बन्दुकधारी समूहले आक्रमण गर्दा १८ जना मारिएका छन् ।

उत्तरी क्षेत्रमा रहेको माजकुका गाउँको मस्जिदमा नमाज पढिरहेका बीच गोली प्रहार हुँदा दर्जनौँ घाइते भएका छन् ।

हमला फुलानी खानाबदोश चरवाह जातीय समूहले गरेको अनुमान गरिएको छ । नाइजेरियाामा पछिल्लो समय जातीय हिंसा भड्किँदा सयौँको ज्यान गइसकेको छ ।

पानी र जमीनका लागि जातीय हिंसा हुन थालेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घटना लगत्तै फरार भएका आक्रमणकारीहरुको खोजी कार्य जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस