कर्णालीमा लोक सेवा सम्बन्धी अध्यादेश जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णालीमा लोक सेवा सम्बन्धी अध्यादेश जारी


१० कार्तिक २०७८, बुधबार


कर्णाली । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोक सेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम हिजो (मङ्गलबार) प्रदेश लोक सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् ।

प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

प्रदेश लोक सेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दा समेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस