मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ: सचिव गुरुङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ: सचिव गुरुङ


१० कार्तिक २०७८, बुधबार


लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले मध्य नेपाल नगरपालिका कमिटीद्वारा हिजो (मंगलबार) आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्त्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए ।

उनले राष्ट्रिय पुँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताए ।

उनले नेकपा एमाले सुन्दरबजार नगर कमिटीको प्रथम अधिवेशनको समेत उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस