क्षयरोगको परीक्षण अब कालीकोटमै हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्षयरोगको परीक्षण अब कालीकोटमै हुने


९ कार्तिक २०७८, मंगलबार


मान्म । क्षयरोगको परीक्षण अब कालीकोट जिल्लामै हुने भएको छ । जिल्ला अस्पतालमा क्षयरोग पत्ता लगाउने उपकरण (जिने एक्स–पोर्ट) जडान गरेर परीक्षण गर्न लागिएको हो ।

शङ्कास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिएकामा अब आधुनिक उपकरणबाट परीक्षण गर्न लागिएको र यसबाट जिल्लावासीलाई ठूलो राहत मिल्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

यस उपकरणको नियमित सञ्चालन र भरपर्दो सेवा दिन आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘भरपर्दो उपकरणले क्षरोगीको परीक्षण गर्न अब जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’

अस्पताल प्रमुख डा रत्नवीर सुनारले विगतमा सामान्य विधिबाट क्षरोगीको परीक्षण गरिएकामा अब विश्वासिलो तरवरमा परीक्षण गर्न पाउनु गौरवको विषय भएको बताए । यो सेवा कर्णाली प्रदेशका दश जिल्लामध्ये कालीकोटसहित पाँच जिल्लामा सञ्चालन भएको छ ।

क्षरोगीको सङ्ख्यामा कमी आए पनि यसको प्रभावकारी परीक्षण नहुँदा सङ्ख्या कम भएको देखिए पनि अब यस उपकरणबाट परीक्षण गर्दा क्षरोगी वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस