कोरोना खोपको समान वितरणका लागि महासचिव गुटेर्रेसको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना खोपको समान वितरणका लागि महासचिव गुटेर्रेसको आग्रह


९ कार्तिक २०७८, मंगलबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् ।

उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरुलाई विशेष गरी यो आग्रह गरेका हुन् ।

महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्– अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ ।

उनले भनेका छन् कि अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न सकेको छैन । उनले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ भने ।

उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिरहेका प्रसङ्ग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको बिस्तारै अर्थात् नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको छ भने ।

महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय सङ्कट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस