राष्ट्रिय उद्योग व्यापार सङ्गठन लुम्बिनीको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय उद्योग व्यापार सङ्गठन लुम्बिनीको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित


९ कार्तिक २०७८, मंगलबार


बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् ।

सङ्गठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

सङ्गठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीसमगर (रुपन्देही), उपाध्यक्षहरूमा गुप्तबहादुर राना (प्युठान), टंक बस्याल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके), कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिवमा खिमानन्द पौडेल (कपिलवस्तु), सचिवहरूमा दधिराम सापकोटा (बाँके) र मोहनसिंह ठकुरी (अर्घाखाँची), सहकोषाध्यक्षमा नारदमणि पोखरेल (दाङ) तथा महिला विभाग प्रमुखमा मन्दिरा पाण्डे निर्वाचित भएका छन् ।

अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाबाट २५० जना प्रतिनिधिको सहभागिता रहेको निवर्तमान अध्यक्ष मनिषकुमार जोशीले बताए । सङ्गठनमा प्रदेशभर करिब १२ हजार उद्योगी व्यवसायी सदस्य रहेका जोशीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस