भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकियो


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा परेपछि बर्खास्त गरिएका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकिएको छ ।

गएको असोज १९ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सरकारले ढुंगानालाई बर्खास्त गरेसँगै उनले कात्तिक ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाको सुनुवाइका लागि आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकेका छन् ।

तर, न्यायाधीशहरूले हिजो (सोमबार) को इजलास बहिष्कार गरेको हुँदा आज पनि इजलास बस्नेरनबस्ने अन्योल रहेको अवस्थामा उक्त मुद्दाको सुनुवाइ हुने/नहुने टुङ्गो छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस