ड्राइभिङ लाइसेन्सको आवेदन ६ महिनापछि खुल्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ड्राइभिङ लाइसेन्सको आवेदन ६ महिनापछि खुल्यो


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खोलेको छ ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबार रातिबाट खुलेको विभागले जनाएको छ ।

प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।

प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रूपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।

‘विगतमा जसरी ‘भिजिटिङ मिति’ तोकेर असीमित आवेदन लिदैँनौं,’ उनले भने,’दैनिक रुपमा कोटाअनुसार भोलिपल्टको भिजिट मिति दिन्छौं, पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहनु भएकाले उहाँहरुलाई प्राथमिकता दिने योजना छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस