वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाल वायु सेवा निगमले आज (मंगलबार) देखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ ।

निगमले आज साँफेबगर विमानस्थलमा दुई वटा उडान भर्न लागेको हो ।

निगमका उपनिर्देशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगर बाट १०ः४५ बजे धनगढीका लागि हुनेछ ।

दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान हुनेछ ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि भाडा दर ३७ सय ८५ कायम गरिएको छ ।

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेकोमा आजबाट पुन: उडान गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस