काठमाडौँका आठ स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँका आठ स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइने


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) देखि काठमाडौँका आठ स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा दोस्रो मात्रा खोप लगाइनेछ ।

पहिलो डोज एस्ट्राजेनेका लगाएका व्यक्तिहरूले दोस्रो मात्रा लगाउन पाउने भएका हुन् ।

काठमाडौँ महानगरपालिकामा भने भोलि (बुधबार) देखि खोप लगाइने छ । वीर, परोपकार प्रसूति तथा स्त्री रोग, वीरेन्द्र सैनिक र निजामती अस्पतालमा दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस