एमालेको पालिका अधिवेशन आज, अध्यक्ष ओलीले थापाथलीबाट उद्घाटन गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेको पालिका अधिवेशन आज, अध्यक्ष ओलीले थापाथलीबाट उद्घाटन गर्ने


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको आज (मंगलबार) पालिका अधिवेशन हुँदै छ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।

गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ ।

एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो ।

६ हजार ७४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको थियो । सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने कार्यालय सचिव तामाङले जानकारी दिए ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दसौँ राष्ट्रिय अधिवेशन गर्दै छ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस