वर्षाका कारण भएको क्षति अध्ययन गर्न गृह सचिवको नेतृत्वमा कार्यदल गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वर्षाका कारण भएको क्षति अध्ययन गर्न गृह सचिवको नेतृत्वमा कार्यदल गठन


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सरकारले धान बालीमा भएको क्षतिबारे अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षाका कारण भएको क्षतिबारे गृह सचिव पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गरेको हो ।

असोज १ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा धान बालीमा ठुलो क्षति पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस