अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैद सजायको फैसला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैद सजायको फैसला


८ कार्तिक २०७८, सोमबार


विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएपनि सजाय निर्धारण भएको थिएन ।

सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको जिल्ला अदालत मोरङले बताएको छ ।

मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको हो ।

यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन । दुवै सजाय सँगै अघि बढ्ने भएकाले अधिकतम सजाय कायम हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस