अफगानिस्तानको कृषि मन्त्रालयद्धारा रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अफगानिस्तानको कृषि मन्त्रालयद्धारा रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम


८ कार्तिक २०७८, सोमबार


काबुल । अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको बृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ ।सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट यहाँका युवाहरुको रोजगारीमा बृद्धि गर्नुका साथै खाद्य उत्पादनका माध्यमबाट खाद्य संकट हटाउने कार्यक्रम ल्याएको हो । उक्त मन्त्रालयले शुक्रबार देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रमलाई देशव्यापी रुपमा कार्यान्वयनमा ल्याइने र यसका माध्यमबाट अफगानिस्तानमा बेरोजगारी हटाई गरिबी निवारण गरिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ ।अफगानिस्तानको काम चलाउ सरकारको मन्त्रिपरिषदले पारित गरेर सो कार्यक्रम सञ्चालनको घोषणा गरिएको पनि कृषि तथा पशुपालन मन्त्रालयले जानकारी दिएको छ ।

यस अन्तर्गत अबका एक दुई दिनमै अफगानिस्तानमा कामका लागि खाद्यान्न कार्यक्रम घोषणा गरिने छ र यसअन्तर्गत लाखौँ मानिसहरुलाई काम लगाइने छ ।उनीहरुले काम गरेबापत खाद्यान्न प्राप्त गर्नेछन् । यसबाट यहाँ अहिले देखिएको खाद्यान्नको संकट पनि हट्ने बताइएको छ । प्राप्त समाचारअनुसार सो कार्यक्रममा सोमबार नै अफगानिस्तानको राजधानी काबुलमा काम थालिने छ ।

कृषि मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा कम्तीमा पनि ४० हजार जना मानिस यस कार्यक्रम अन्तर्गत काम गर्नेछन् । यसमार्फत् उनीहरुले चामल, गहुँको पिठोलगायतका खाद्यान्न पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस