पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते


८ कार्तिक २०७८, सोमबार


पाँचथर । पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस आज (सोमबार) बिहान फिदिम–४ सरखण्डेमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ । बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ । घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथीभरा तथा समर्पित अस्पताल लगिएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस