सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ ।

छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २६५ पुगेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस