दरबारमार्गको जिम्मेवारी डिएसपी खड्कालाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दरबारमार्गको जिम्मेवारी डिएसपी खड्कालाई


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डिएसपी विश्वराज खड्कालाई दिएको छ ।

यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेका खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो ।

धादिङका गुन्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि उनलाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । प्रहरीले उनलाई दरबारमार्गको जिम्मा दिन काज सरुवा गरेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलमा पनि डिएसपी ठग बहादुर केसीलाई पठाइएको छ । बुटवलका डिएसपी मदन कुँवर चार महिनामै हटाइएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस