सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ


८ कार्तिक २०७८, सोमबार


पक्राउ

काठमाडौँ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले आज (सोमबार) बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।

सुनौली नाकाबाट गैर कानुनी रूपमा नेपाल भित्रिएर काठमाडौँ आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।

अफगानी नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो ।

नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन ।

हिजो (आइतबार) मात्रै यसबारे जानकारी पाएपछि गैर कानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमा नाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस