पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

गत साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन्।

कोष व्यवस्थापकबाट कुनै पनि सूचना नदिई नियमित काममा हाजिर गर्न वञ्चित गरिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र पेस गरेको छ।

‘आफ्नो र आश्रित परिवारको जीविकोपार्जनका लागि धार्मिक संस्थामा श्रम गरेका श्रमिकहरुले आज सडकको पेटीमा आँसु बगाउनुपर्ने अवस्था कोषले सिर्जना गर्‍यो। तीन महिनादेखि हाजिर गर्ने आश्वासन दियो तर गराएन,’ ज्ञापन पत्रमा भनिएको छ।

श्रमिकहरुले तुरुन्त हाजिर गराएर वञ्चित गरिएको मितिदेखिको खाइपाइ आएको तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस