सयपत्री फूलको आयात १५ प्रतिशतले बढ्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सयपत्री फूलको आयात १५ प्रतिशतले बढ्ने


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । यस वर्ष नेपालमा सयपत्री फूलको आयात बढ्ने भएको छ।

विगतका वर्षहरुमा कुल खपतको १० प्रतिशत सयपत्री फूल भारतबाट आयात हुने गरेकोमा यो वर्ष बढेर १५ प्रतिशत आयात हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

केही दिन अघिको बेमौसमी भारी वर्षाले पनि फूल खेतीमा क्षति भएकोले आयात बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। उनका अनुसार बेमौसमी वर्षाले लुम्बिनी प्रदेशमा फूल खेतीमा बढी नोक्सान पुर्‍याएको छ।

तिहारमा १५ लाखको हाराहारीमा सयपत्रीको माला खपत हुने गर्छ। १५ लाखमा यो वर्ष २ लाखदेखि साढे २ लाख वटासम्म माला भारतबाट आयात हुने अनुमान गरिएको तामाङले जानकारी दिए।

तिहारका लागि मखमली र गोदावरी फूल भने स्वदेशकै उत्पादनले पुग्ने एसोसिएसनले जनाएको छ। तिहारमा मखमली र गोदावरीको करिब ३ लाख माला खपत हुन्छ। यसैबीच फूलहरुको पर्व तिहार नजिकिँदै गर्दा यो वर्ष पनि ललितपुरको जावालाखेलमा गोदावरी फुलको प्रदर्शनीको तयारी भएको छ।

फ्लोलिकलचर एसोसिएसन नेपालले यही कार्तिक १२ गतेदेखि १५ गते सम्म १४ औँ गोदावरी पुष्प प्रदर्शनी गर्न लागेको हो।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले बताए । प्रदर्शनीमा ४८ वटा स्टल राखिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस