सीके राउतद्वारा आन्दोलनको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सीके राउतद्वारा आन्दोलनको घोषणा


८ कार्तिक २०७८, सोमबार


जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भ्रष्टाचार र बेथितिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा. राउतको सचिवालयले जनाएको छ ।

कार्यक्रमअनुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी जुलुस, ९ गते पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसलगायत गरिने जनाइएको छ ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधबार जनकपुरस्थित सङ्घीय खानेपानी तथा ढल निकास आयोजनाको कर्मचारी राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए ।

त्यस क्रममा पक्राउ परेका १७ कार्यकर्तालाई रिहा गर्नुपर्ने, आफ्ना नेता कार्यकर्तालाई पूर्ण सुरक्षा प्रदान गर्नुपर्नेलगायत माग राखेर पार्टीले आन्दोलनको घोषणा गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस