एक लाख फाइजर खोप आज नेपाल आउँदै, दीर्घ रोगीहरुलाई लगाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एक लाख फाइजर खोप आज नेपाल आउँदै, दीर्घ रोगीहरुलाई लगाइने


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । अमेरिकाले दिने १ लाख ६ सय २० डोज फाइजर खोप आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो ।

अस्पतालमा उपचाररत क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक भित्रिएको फाइजरको खोपलाई ट्रायलको रुपमा प्रयोग गर्न लागिएको हो ।

माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने यो खोप राख्न आवश्यक पर्ने एक सय लिटर क्षमताका ४ वटा फ्रिजर युनिसेफले नेपाललाई उपलब्ध गराइसकेको छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ ।

आगामी पुससम्ममा उक्त खोप नेपाल आइपुग्ने भएकाले खोप भण्डारणका लागि भौतिक पूर्वाधार निर्माणको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस