मण्डलामा ‘जिजीविषा’ नाटक मञ्चन सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मण्डलामा ‘जिजीविषा’ नाटक मञ्चन सुरु


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मण्डला नाटक घरमा ‘जिजीविषा’ नाटक मञ्चन सुरु भएको छ।

नाटक जिजीविषा मण्डला ड्रामा स्कुलका पहिलो ब्याजको विद्यार्थीहरूको प्रस्तुति हो ।

सोमनाथ खनालले लेखेका यस कथालाई राजन खतिवडाले निर्देशन गरेका छन्।

एउटा हिमालको फेदीमा रहेको तलाउ सुक्दै गएपछि माछाहरु समुन्द्रको यात्रामा निस्केको र उनीहरुले यात्रामा भोगेका अनेकौँ कथा तथा व्यथाहरूलाई नाटकमा रोचक तरिकाले उतारिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस