एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ ।

गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार अबका दिनमा पार्टीका कामकारबाही त्यहीँबाट सञ्चालन गर्ने गरी पार्टी र प्रतिष्ठानबीच समझदारी भएको छ ।

लामो समयदेखि बल्खुको मदननगरमा कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा सो भवन भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा कार्यालय सारिएको थियो । गत वैशाख ९ गते थापाथलीमा कार्यालय सारिएको थियो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोही दिन मदननगरमा नयाँ भवनको शिल्यान्यास गरेका थिए ।

तेह्र रोपनी क्षेत्रफलमा फैलिएको सो जग्गामा दुई वर्षभित्रमा भवन बनाइने बताइएको छ । थापाथलस्थित कार्यालय साँघुरो भएकाले केही समयदेखि पार्टीले बैठक र कार्यक्रमहरू च्यासलस्थित प्रतिष्ठानमा नै गर्दै आएको थियो । मदननगरस्थित भवन २०५३ सालमा निर्माण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस