२७ अंकले बढ्यो नेप्से « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२७ अंकले बढ्यो नेप्से


७ कार्तिक २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.५१ अंकले बढेर २ हजार ५ सय ८४.५२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.२४ अंकले बढेको छ । कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने व्यापार समूह ३२.४७ अंकले घट्दा बाँकी सबै समहूगत सबइन्डेक्स बढेर उकालो लागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस